Logo

देउवालाई विप्लको चेतावनी-हामी हातमा दही जमाएर बस्दैनौं (विज्ञप्तीसहित)



काठमाडौं, १६ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे र आज आफ्नो पार्टीका महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ गर्न जारी भएको पुर्जीको घट्ना नरोकिए पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । सरकारले महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ गर्ने तयारी गरेको बेलामा पार्टीका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ,‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घट्नालाई तुरुन्तै रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरुलाई दिन चाहन्छौं । यसबाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ । राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ । धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot