Logo

सरकारविरुद्ध आन्दोलनमा उत्रियो एमाले (फोटोफिचर)



काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । सरकारको अकर्मण्यताको कारण मुलुकमा महँगी र भ्रष्टाचार बढेको भन्दै एमालेले आज प्रदर्शन गरेको हो ।

गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको नेताहरुले जनाएका छन् । प्रदर्शनमा युवा संघको बाहुल्यता रहेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot