Logo

निर्वाचन घोषणापछि स्वतन्त्र चुनावी सरकार बनाउन लिङ्देनको माग



काठमाडौं, १७ साउन । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले निर्वाचनको मिति घोषणा भएपछि संसद्लाई निरन्तरता दिन नहुने बताएका छन् । पछिल्लो समय सरकारले निर्वाचनको मिति घोषणा भएपछि पनि संसद्लाई निरन्तरता दिन चाहेको भनेर समाचार आईरहेको बेला लिङ्देनले यस्तो बताएका हुन् । उनले बरु निर्वाचनको मिति घोषणा भएपछि अहिलेको सरकारलाई विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुने तर्क गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-“निर्वाचन घोषणा पछि पनि संसदलाई निरन्तरता दिने होईन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ। यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्र माथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो ।” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot