Logo

जायजेथा र सम्पत्ति बेचेरै भएपनि बचत रकम फिर्ता गर्ने गौतमश्रीको अध्यक्षको प्रतिवद्धता



काठमाडौं, १७ साउन । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

गौतमले आज एक विज्ञप्ती जारी गर्दै आफु र आफ्नो परिवारलाई सुरक्षाको प्रत्याभुति हुने बित्तिकै कार्यालय नियमित सञ्चालन गर्ने र रकम फिर्ता गर्ने बताएका हुन् ।

बचतकर्ताहरुको रकम कुनै पनि हालतमा डुब्न नदिने भन्दै गौतमले लेखेका छन्,‘म तपाईहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन्, म तपाईहरुको वचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

उनले आफ्नो र संस्थाको सुरक्षाको प्रत्याभुति गराइदिनको लागि नेपाल सरकार, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र प्रहरी प्रशासनसमक्ष आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्