काठमाडौं, १७ साउन । भिभोले भी र वाई सिरिजअन्तर्गत नवीन डिजाइन र विशेषताहरू प्रदान गर्दै आइरहेको छ । ब्रान्डले आफ्नो क्यामेरा प्रणाली र अन्य नवीन विशेषताहरूको लागि नाम बनाउन सफल भएको हो । भिभोले नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको दाबी गरेको छ ।
भिभो स्मार्टफोन खरिद गर्नुपर्ने यस्ता छन् पाँच कारण
क्यामेरा
भिभोले प्रयोगकर्ताको आवश्यकता अनुसार क्यामेरा प्रणालीमा विविध विकल्पहरु प्रदान गर्ने स्मार्टफोनहरूको फराकिलो एरे ल्याएको छ । यसको नवीनतम भी२३ श्रृंखलामा ५० एमपी अटोफोकश पोट्र्रेट सेल्फी र ८ एमपी सुपर वाइड–एंगल क्यामेरा छ जसले स्थिर र सार्प इमेजिङ प्रदान गर्दछ । भिभो भी २१ सिरिज लगायत भी सिरिजका स्मार्टफोनहरुले नाइट फोटोग्राफीमा पनि निपुर्णता हासिल गरेका छन् । साथै भिभो भी सिरिजले यसको उन्नत फोटोग्राफी क्षमताहरूको लागि विश्वव्यापी रूपमा चर्चा पाइरहेको छ । वाई सिरिजका स्मार्टफोनहरु, यसको प्रभावकारिताका लागि बजारमा परिचित छन्, साथै यसले आशाजनक क्यामेरा प्रविधि प्रदर्शन गरिरहेको छ ।
डिजाइन
भिभोका उपकरणहरू गहन बजार अनुसन्धानको परिणाम हो । ब्रान्डको नविनताहरु ग्राहकहरूको निरन्तर विकसित आवश्यकताहरूमा केन्द्रित छन् । बजारको प्रवित्तृअनुसार नेपाली प्रयोगकर्ताहरू हल्का र स्लिम उपकरणहरु रोज्छन् । सहज ह्यान्ड–होल्ड अनुभूतिको लागि र ट्रेन्डी डिजाइनको साथ भिभोले ग्राहकहरूको मन जितिरहेको छ । हालै लन्च गरिएको भी२३ फाइभजीले कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनको साथमा उद्योगको पहिलो रङ परिवर्तन गर्ने गिलास भित्र्याएर स्मार्टफोन डिजाइनको परिभाषामा आमूल परिवर्तन ल्याएको छ ।
प्रदर्शन
भिभोले उच्च प्रदर्शनका लागि विशाल ब्याट्री ल्याएको छ यद्यपी यसको समग्र एपियरेन्श यथावत छ । भी२३ सिरिज, वाई३३एस, वाई२१ जस्ता स्मार्टफोनमा शक्तिशाली ब्याट्री मात्र नभएर यसमा छिटो चार्ज गर्ने क्षमताहरू पनि छ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनहरू द्रुत रूपमा चार्ज गर्ने सुनिश्चित गर्दछ । यसबाहेक, भिभोको विस्तारित र्याम सुविधाले स्मार्टफोनलाई कुनै पनि समय, जहाँसुकै पनि सहज रूपमा काम गर्न अनुमति दिन्छ । भिभोले यार्मको रूपमा कार्य गर्न उपकरणमा उपलब्ध अतिरिक्त रोम स्पेस पनि प्रयोग गर्दछ । यो सुविधाले प्रयोगकर्ताहरूलाई बिना ढिलाइ एपहरू बीच स्विच गर्न र स्क्रिन फ्रिज नगरी गेमहरू खेल्न मद्दत गर्दछ ।
नवीनता
वर्षको सुरुवातमा, भिभोले भी१ चिप घोषणा गरेको थियो, जुन पूर्ण रूपमा अनुकूलित एकीकृत सर्किट चिप इमेजिङ र भिडियो अनुप्रयोगहरूमा अग्रणी एज भिजुअल गुणस्तरको लागि समर्पित छ, र कम्पनीले आर एण्ड डी र चिप डिजाइनमा महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । साथै, भिभोले यस क्षेत्रलाई फाइदा पु¥याउन फाइभजी टेक्नोलोजी प्रयोग गर्दै आएको छ र स्थानीय प्रयोगकर्ताहरूलाई उनीहरूको अनुभव बृद्धि गर्न उपलब्ध नवीनतम र उत्कृष्ट प्रविधिहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
ग्राहक सेवा
भिभोले आफ्नो प्राविधिक पक्षको लागि बढ्दो रूपमा मान्यता प्राप्त गर्दै गर्दा, स्थानीय प्रयोगकर्ताहरूलाई ग्राहक सन्तुष्टि प्रदान गर्ने ग्राहक सेवामा ध्यान दिदैं आइरहेको छ ।
भिभोले हरेक अग्रेंजी महिनाको २७ देखि २९ तारिखसम्म भिभो सेवा दिवस मनाउने गर्दछ । भिभोको ह्यान्ड्सेटमा लाइफ टाइम सफ्ट वेयर वारेन्टी रहेको छ । अन्य ब्रान्डले एक वर्षको वारेन्टी पिरियड दिँदै गर्दा भिभोले लाइफ टाइम सफ्टवेयर वारेन्टी दिएको छ । भिभो ब्रान्ड खरिद गरिएको एक महिना सम्म हार्डवेयरमा समस्या आएर पार्ट नै फेर्नुपरे नयाँ सेट नै रिप्लेस गरिन्छ । अन्य ब्रान्डको तुलनामा ५०% सस्तो स्पेयर्स पार्ट र नयाँ स्पेयर्स पार्ट्समा ३ महिना वारेन्टी दिइन्छ । विदेशबाट ल्याइएका भिभो सेटलाई पनि सर्भिसको व्यवस्था मिलाएको छ । काठमाडौं, नारायणघाट, पोखरा र इटहरीमा रहेका आफ्ना चार शाखाहरु मार्फत राष्ट्रिय स्तरका ग्राहकहरु माझ पुगेर नेपालमा ग्राहक सम्पर्कलाई रणनीतिक रुपमा सुदृढ गरेको छ ।