Logo

युवा नेता श्रेष्ठ रामेछाप कांग्रेसको कार्यसमिति सदस्यमा मनोनित



काठमाडौं, १७ साउन । नेपाली कांग्रेस रामेछापले खाँडादेबी गाउँपालिका–४ का युवा तथा लोकप्रिय नेता सुर्यबहादुर श्रेष्ठलाई जिल्ला कार्यसमिती सदस्यमा मनोनित गरेको छ । श्रेष्ठ युवा पुूतामाँझ लोकप्रिया छन् । उनी युवाहरुसँग सहजै घुलमिल हुने र नेतृत्व लिनसक्ने युवाको रुपमा चिनिन्छिन।

श्रेष्ठ तरुण दल हुँदै इकाइ सभापतिसमेत भएका प्रखर वक्ताको पनि चिनिन्छन् । पार्टीको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोले श्रेष्ठलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको रामेछाप कांग्रेस सभापति कान्छाराम तमाङले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot