Logo

भारतको अनुदान सहयोगमा निर्मित नुवाकोटको श्री त्रिभुवन त्रिशुली माविको नवनिर्मित भवनको उद्घाटन



काठमाडौं, १७ साउन । भारत सरकारको अनुदान सहयोगमा निर्मित नुवाकोटको श्री त्रिभुवन माविको नवनिर्मित भवनको आज उद्घाट गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले उक्त नवनिर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनपश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको छ । कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा उक्त भवनको निर्माण भएको नेपालस्थित् भारतीय दूतावासाले जनाएको छ । उक्त परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘‘आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

उक्त विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के.आई सिंहले उक्त विद्यालयको डिजाइन गरेका हुन् । उक्त विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ । यो परियोजनाले भारत र नेपालबीच लामो समयदेखि रहीआएको सहकार्यलाई प्रतिबिम्बित गर्ने पनि दूतावासले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot