Logo

अजोड इन्सुरेन्सको ३ दिने कार्यक्रम सम्पन्न



काठमाडौं, १८ साउन । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले ३ दिने कार्यक्रम सम्पन्न गरेको छ । अजोड इन्स्योरेन्सका दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो ।

कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाको निर्मल कुमार छेत्री साउदले गरेका थिए । इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम संचालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गरेर सक्रिय भएको कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्