
काठमाडौं,१८ साउन । वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा एक युवक पक्राउ परेका छन् । वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनिवेसी गाउँपालिका–९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय बिकास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग नगद ४ लाख ४५ हजार रुपैयाँ लिई दुबई पठाई अलपत्रमा पारेको भनि जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको जनाएको छ ।