Logo

नागरिक उड्डयन महाशाखाका उप–सचिव नेपाल घुससहित समातिए



काठमाडौं, १८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपाललाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । महाशाखाका उप–सचिव प्रमोद नेपाललाई २२ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनले प्रयोग गर्दै आएको गाडीबाट १६ लाख ५० हजार रुपैयाँ र उनको साथबाट ६ लाख रुपैयाँ सहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot