Logo

नेप्सेमा आज सामान्य गिरावट, ४ अर्बको कारोबार



काठमाडौं, १८ साउन । नेपाली शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक ६ दशमलव ७२ अंकले घटेर २१८६ दशमलव ७६ विन्दु झरेको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६३ अंकले घटेर ४२० दशमलव ५० विन्दुमा थामिएको हो ।

साताको कारोबारको चौथो दिन आज नेप्सेमा २१८ कम्पनीको ४ अर्ब २९ करोड ९३ लाख १ हजार ४४० रुपैयाँ बराबरको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot