Logo

साइकल भ्रष्टाचार काण्डमा परे मधेशका मुख्यमन्त्री लालबाबु राउत



काठमाडौं, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत साइकल भ्रष्टाचारमा परेका छन् । उनले अघि सारेको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गर्दा प्रमाणको रुपमा साइकल नै विशेष अदालतमा लगेको थियो । साइकल वितरणका लागि खरिदका लागि घोटाला गरेको आरोपपत्र दायर गरिएको छ ।

साइकलको खास मूल्यभन्दा बढी राखेर घोटाला गरेको आरोप छ । राउतकै पालमा कार्यक्रम ल्याइएकाले उनी नैतिक संकटमा परेका छन् । राउत मधेशका पहिलो मुख्यमन्त्री हुन् । देश संघीयतामा गठन भएपछि अहिलेसम्म सबैभन्दा लामो समय मुख्यमन्त्री बन्ने उनी नै हुन् ।
Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot