Logo

नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक बस्दै, नेपाली कामदार जापान पठाउने तयारी



काठमाडौं, १९ साउन । नेपाली कामदार जापान पठाउने बारेमा छलफल गर्न आज संयुक्त कार्यसमितिको दोस्रो बैठक बस्दैछ ।

बैठकमा नेपाल र जापानका सरकारी अधिकारीको उपस्थिति रहने जनाइएको छ । बैठकका लागि जापानबाट सरकारी कर्मचारीको टोली नेपाल आइपुगेको छ ।

दुई देशबीच सन् २०१९को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजाने सम्झौता भएको थियो । उक्त सम्झौताको समीक्षा र कार्यान्वयनबारे आजको बैठकमा छलफल हुने छ ।

गत नोभेम्बरमा पहिलो पटक भर्चुअल माध्यमबाट बैठक बसेको थियो । जापान जान ५५ सय कामदारहरु भाषा परीक्षा पास गरेर बसेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्