Logo

तोलामा ८ सयले बढ्यो सुनको भाउ



काठमाडौं, साउन १९ । आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदीको भाउ भने प्रतितोला १ हजार २१० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot