Logo

स्रोत नखुलेको नगदसहित घ्याल्चेन पक्राउ



काठमाडौं, १९ साउन । स्रोत नखुलेको नगद सहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ भूकुटी चोकबाट बा।९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot