काठमाडौं, २० साउन । आजदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ ।
प्रदेश र प्रतिनिधी सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने सरकारको निर्णयसँगै आयोगले मतदाता संकलन कार्य स्थगित गरेको हो ।
आयोगले गत असार १ गतेदेखि मतदाता नामावली संकलन कार्य गर्दै आएको थियो ।
अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने आज र भोलिसम्म समय दिइएको आयोगले जनाएको छ ।