Logo

आगामी चुनावमा तालमेल गर्ने गठबन्धनको सहमति, सिट बाँडफाँटका लागि कार्यदल गठन



काठमाडौं, साउन २० । सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी मंसिर ४ गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजेदेखि जारी गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

त्यसका लागि सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्ने गरी कार्यदल बनाउने सहमति भएको हो ।

सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत गठन भएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot