Logo

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै



काठमाडौं, साउन २१ । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचन संसद भवनमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ।

उपराष्ट्रपतिमा सत्तारुढ एनडीएका जगदीप धनखर र विपक्षीबाट मार्गरेट अल्भा भिड्दै छन्।

भारतमा यसअघि भएको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्।



प्रतिक्रिया दिनुहोस्