Logo

जीवन विज्ञान योग प्रयोगशाला मैतीदेवीमा गुर्जोलगायतका जडिबुटी निःशुल्क वितरण



काठमाडौं, २२ साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको नेतृत्वमा जीवनविज्ञान योग प्रयोगशाला, मैतीदेवीमा जडिबुटी निःशुल्क वितरण गरिएको छ । सो अवसरमा राजलवटले गुर्जोको चियासमेत सेवा गरेका थिए । राजलवट पछिल्लो एक दशक यता निःशुल्क गुर्जो अभियानमा सक्रिय छन् ।

उनलाई परिवारका सदस्यहरुले पनि साथ दिँदै आएका छन् । अभियानमा दाजु रमेशबहादुर, बहिनी अञ्जु प्रधान र ज्वाँई राजेश प्रधानले साथ दिएका छन् । हिजो (शनिबार) मैतीदेवीमा आयोजित कार्यक्रममा उच्च रक्तचाप, ग्याँस्ट्रिक, मधुमेह रोगबाट ग्रसित भएकाहलाई जडिबुटीको धुलो औषधी पनि वितरण गरिएको थियो ।

यस्तै, हिजो नै पाटनको कृष्णमन्दिरमा समेत गुर्जोको चिया, धुलो औषधी वितरण गरिएको थियो । उता, ललितपुरको युएन पार्क, जुवागलमा भने गुर्जोको विरुवा रोपिएको थियो । सो अभियानमा राजलवटका परिवारका सदस्यहरुको साथै अभियानमा सक्रियताका साथ लागेका गोपाल खड्काको पनि सक्रियता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्