Logo

बाल साहित्यकारको संरक्षण गर्नपर्छ : मन्त्री कार्की



१२ वर्षिया वाल देखिकाको छोटो उपन्यास पोर्टन सार्वजनिक

काठमाडौं, २२ साउन । सञ्चार तथा सुचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले साहित्कारको सम्मान र संरक्षण गर्नु सरकारको दायीत्व भएको बताएका छन् । १२ वर्षिया वाल लेखिका गीत पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको विमोचन गर्दै सो कुरा बताएका हुन् ।

उनले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमुल्य कार्य गरेको बताउदै यस्ता कलाकारलाई अमुल्य गहनाको रुपामा संरक्षण गर्नुपर्ने बताए । उनले भने,‘१२ वर्षिया वाललेखिकाको पुस्तकले लाखौंलाई प्रेरणा दिएको छ । उनको यो उपन्यासलाई विश्वभर फैलाउन सरकारले सहयोग गर्नेछ ।’ यस्ता साहित्यकारको रचनालाई सञ्चारमाध्यमले प्रचार–प्रसार गरेर सहयोग गर्नु सबैको कर्तब्य भएको बताए ।

विमोचन कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मेटमणी चौधरीले सानै उमेरमा साहित्यको माध्यमबाट अघि बढ्नु महत्वपुर्ण विषय रहेको बताउदै यस्ता प्रतिभालाई सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने,‘यो प्रशंसनीय सिर्जनाको कारण वाललेखिकाको भविश्य उज्वल बन्नेछ ।’
पुर्वमन्त्री एवं साहित्यकार शंकरप्रसाद(एसपी )कोइरालाले विज्ञान र अनुसन्धानमा आधारित यो छोटो उपन्यासले धेरैको मन छुन सक्ने बताए । उनले भने,‘उपन्यास लेख्न कठिन छ, नानीले कल्पनाको उचाई छोएकी छिन् ।’ उनले यस्ता लेखिकालाई सरकारले सम्मान गर्नुपर्ने बताए ।

लेखिका गीतले आमावावुको प्रेरणाबाट आफुले दोस्रो कृति प्रकशित गर्न पाएकोमा खुशी व्यक्त गर्दै यो उपन्यासमा विज्ञान, अनुसन्धान विषयमा आधारित भएको बताइन् । १२ वर्षिया पछाईले सबैको प्रेरणा पाएको थप कृति प्रकाशित गर्ने बताइन् । आफुले अध्ययन र अनुसन्धान गरेका विषयलाई समेटेर छोटो उपन्यास तयार गरेको बताउदै लेखिका पछाईले भने,‘यो पुस्तक लेखेर मलाई थप उर्जा मिलेको छ, सबैको सहयोगमा पुनः साहित्यमा लागिरहनेछु ।’

लेखिकाका आमा जानुका ढकालले १० वर्षको उमेरमा तयार गरेको सो पुस्तक कोभिड लगायत विविध कारणले बल्ल प्रकाशन गर्ने अवसर मिलेको बताइन् । उनले भनिन्,‘छोरीको चाहना गित लेख्नु थियो । उनले केही गित लेखेकी छिन् । उनले अहिले तयार गरेको उपन्यासले विज्ञान र अनुसन्धानको विषयमा महत्वपुर्ण ज्ञान दिनेछ ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त ढकालले हाम्रो चाहना बुझेर छोरीले साहित्यतिर हाल हाल्नपुगेकी बताइन् । उनको भनिन्,‘किर्ति पढेर हामी खुसी छौ, हामीले यो आशा गरेका छौ कि यस्ताकिर्तिलाई सबैले माया गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot