काठमाडौं, २२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीले नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सभा सदस्य र गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका भोजपुरी भाषाका संयोजक दिनेश गुप्ताद्वारा लिखित गजल संग्रह सुतल अब ठीक नइखे र हाइकु संग्रह हिरोसिमा नामक दुइवटा पुस्तकको एक समाराहोका बिच बिमोचन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले केहि दिनमै क्यैबिनेट डिसिजन गराइ मधेश प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने घोषणा गरे । साथै उनले मधेश प्रदेशमा बोलिने प्रत्येक भाषालाइ उचित स्थान दिने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रमका बिशिष्ठ अतिथि बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिहंले भोजपुरी भाषा हाम्रो मातृ भाषा हो र यसको विकासकालागि हरसंभव प्रयास गर्ने अभिब्यक्ति दिए । उनले भने,‘भोजपुरी भाषा र साहित्यमा काम गर्नेहरू सुति राखेका छन । अब जाग्ने बेला आएको छ । तपाइहरू आउनुस मिलेर भोजपुरी भाषाको विकासमा लागौं । म जति सक्छु यसकालागि सधैं तत्पर रहने छु ।’
सोही कार्यक्रममा बिमोचित कृतिका लेखक दिनेश गुप्ताले आफ्नो साहित्यिक यात्राको चर्चा गरे । नेपालीय भोजपुरी साहित्यमा प्रत्येक बिधाको पुस्तक नभएकोले धेरै भन्दा धेरै बिधाको पुस्तक लेख्ने घोषणा गरे । उनको अहिले सम्म जति पनि कृति प्रकाशित भएको छ । त्यसमा केही पुस्तक बाहेक सबै अलग ९ अलग बिधाका छन ।
कार्यक्रममा कृतित्व र ब्यक्तित्वमाथि बरिष्ठ साहित्यकार गणेश प्रसाद लाठ र डा.बिश्वम्भर शर्माले प्रकाश पारे।