Logo

प्रधानन्यायाधीश जबरामाथिको महाभियोग अघि नबढाएकोमा अधिवक्ता कोइराला सांसदहरुसँग आक्रोशित (भिडिओसहित)



काठमाडौं, २२ साउन । अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्तामात्रै गरेर निलम्बन गरेर सांसदहरु खुशी हुनु गलत भएको टिप्पणी गरेका छन् । उनले महाभियोगको प्रस्ताव ल्याएपछि त्यसलाई प्रोसेसमा नलगिएकोमा गुनासो पोखे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘महाभियोग सिफारिश समिति चाहीँ गठन भयो, तर त्यसले काम गरेको छैन् ।’

उनले सरकारले निर्वाचनको मिति घोषणा गरेपनि सांसदहरु निवर्तमान नभएको जिकिर गरे । उनले प्रधानन्यायाधीशको रुपमा चोलेन्द्र शमशेर जबरा महाभियोग सिफारिश समितिबाट चोखिए सर्वोच्च फर्कने नत्र फर्कने सम्भावना नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्