काठमाडौं, साउन २४। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर (मार ए लागो रिसोर्ट) मा एफबिआइले छापा मारेको छ।
सीएनएनका अनुसार ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा यो कारवाही गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन्। छापा परेको बेला ट्रम्प न्यूयोर्कस्थि ट्रम्प टावरमा थिए। ट्रम्पले आउने राष्ट्रपति निर्वाचनमा फेरि एकपटक दाबी गर्ने तयारी गरिरहेका छन्।