Logo

हेलम्बु राजमार्ग अवरुद्ध



काठमाडौं, साउन २४ । लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ।

जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए।

वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन।



प्रतिक्रिया दिनुहोस्