Logo

काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम पालना गर्न नसकिने नर्भिकको भनाई, तत्कालै टहरा नहटाउने (विज्ञप्तीसहित)



काठमाडौं, २४ साउन । काठमाडौंको थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले काठमाडौं महानगरले दिएको २४ घण्टे अल्टिमेटम पालना गर्न नसकिने बताएको छ ।महानगरले अवैध रुपमा बनाएका संरचना हटाउन हिजो (सोमबार) २४ घण्टाको अल्टिमेटम दिएको थियो । महानगरले २४ घण्टा अल्टिमेटम दिएको भोलिपल्ट आज (मंगलबार) नर्भिकले पत्रकार सम्मेलन गरेर महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसकिने स्पष्ट पारेको छ ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले पत्रकार सम्मेलन गर्दै तत्काल टहरा हटाउन नसकिने जनाएका हुन् । उनले २०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेकोले २४ घण्टाभित्र खाली गर्न नसकिने बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot