Logo

भारी वर्षापछि उपत्यकाका विभिन्न स्थान डुबानमा



काठमाडौं, साउन २५ । अविरल वर्षाको कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् ।

बाढीले दुईवटा सुकुम्बासीका छाप्रा बगाएको छ । प्रहरीका अनुसार कार्यालय भवनको एक तल्लाको पूरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचरलगायतका सामान बगाएको छ । प्रभागका प्रमुख प्रहरी निरीक्षक सुजन पाठकले वर्षापछि राति करिब ११ बजेबाट प्रभागसहित बस्ती डुबानमा परेको जानकारी दिए ।

यस्तै गौरिघाटस्थित बागमती किनारामा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । त्यस्तै डुबानमा परेका केही सवारीसाधन निकालिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot