पिता : रामचन्द्र मास्के
माता : बच्चुदेवी कार्की मास्के
जन्मस्थानः फुटुङ, तारकेश्वर नगरपालिका–७
अध्ययन : एमबीए (अस्ट्रेलिया)
सिर्जनात्मक गतिविधि एवं प्रकाशन
अरे क्यानाम डिस्टप/कथासङ्ग्रह/साझा प्रकाशन, २०५९
अनुहार त बरु कागजकै भए हुने/काव्यसङ्ग्रह, २०५७
भूगोलको एक छेउ/उपन्यास/साझा प्रकाशन, २०५१
आँखाभित्र आँखाबाहिर/कवितासङ्ग्रह/ने.रा.प्र.प्र., २०४६
कालचक्र/कथासङ्ग्रह/साझा प्रकाशन, २०४६
म मेरो देश खोजिरहेछु /मुक्तकसङ्ग्रह, २०३७
सम्पादन
शमी-नेपाली साहित्यिक मासिक, वर्ष १ अक १ साउन २०७६ (सम्पादक एक अंक)
समीरण-नेपाली साहित्यिक द्वैमासिक, असोज–कात्तिक २०७६ देखि निरन्तर
नागवेली-नेपाली साहित्यिक द्वैमासिक गोजिका (२०३५ देखि २०४० सम्म)
अन्तर्दृष्टि, वर्ष ४ अङ्क ४ नोवेम्वर–डिसेम्वर १९९६÷अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका र अनेसास नेपालको संयुक्त प्रकाशन -२०५३
लेखन/निर्देशन
नाटक, टेलिफिल्म, भिडियो तथा ठूलो पर्दा
संस्थापक सदस्य
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, संयुक्त राज्य अमेरिका-२०४८
संस्थापक सभापति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल-२०५२
संस्थागत संलग्नता
आजीवन विशिष्ट सदस्य/नेपाल श्रष्टा समाज/२०७५
विशिष्ट सदस्य/मुक्तक सागर
ट्रष्टी/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, संयुक्त राज्य अमेरिका/२०५५ देखि हालसम्म
पुरस्कार/सम्मान
सुलेख आख्यान प्रतिभा पुरस्कार/२०७१
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर सम्मान/२०६८
श्री ५ वीरेन्द्र–ऐश्वर्य सेवा पदक २०५८
प्रबल गोरखा–दक्षिणबाहु चौथो/२०५७
राष्ट्रिय प्रतिभा पुरस्कार/२०५६
श्री ५ वीरेन्द्र गद्दी आरोहण रजत पदक/२०५३
कविताको लागि रत्नश्री सूवर्ण पदक/२०४७
कवितामा तृतीय/राष्ट्रिय युवा महोत्सव/२०४६
कवितामा प्रथम/तत्कालीन काठमाडौं नगर पञ्चायत/शहिद दिवस वृहत् कवि गोष्ठी÷२०३७
प्रथम प्रकाशित रचना :-. अतीत र वर्तमानलाई दाँज्दा (कथा) मातृभूमि साप्ताहिक २०३४
प्रथम प्रकाशित कृति – म मेरो देश खोजिरहेछु, मुक्तकसङ्ग्रह २०३७
प्रकाशनोन्मुख कृति – १९८२ देखि २०१८ सम्म नामक नियात्रासङ्ग्रह
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?
खासमा म कक्षा १०मा पढ्दादेखि नै कविता लेख्थेँ तर प्रकाशनको सुरुवात भने २०३१–३२ बाट नयाँ सन्देश साप्ताहिकमार्फत भयो ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
कसैबाट कुनै तरिकाले प्रभावित भएर मेरो लेखन सुरु भएन । म आफैँबाट स्व–प्रभावित भएँ भन्नुपर्ला ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
लेखन नदीको मुहान हो– जो एकपल्ट बगेपछि निरन्तर बगिरहन्छ । ठीक त्यसैगरी बढिरहेछ । फरक यत्ति हो कहिले वर्षा त कहिले हिउँदको प्रवाह भएर ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
म आत्मसन्तुष्टिको लागि लेख्ने भएकोले व्यक्तिगत रूपमा सन्तुष्ट छु । यदि यहाँको सोधाइ समग्र वर्तमान लेखन–लक्षित हो भने छैनँ ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
अवश्य । निकट भविष्यमै मेरो १९८२ देखि २०१८ सम्म नामक नियात्रासंग्रह आउँदैछ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य सम्बद्र्धन र उत्प्रेरणाको लागि राष्ट्रको गहन जिम्मेवारी हुनुपर्छ । किनभने समाज रूपान्तरण गर्ने एउटा सशक्त माध्यम नै साहित्य हो । यो परिवर्तनसँग राजनीति पनि जोडिएर आउँछ तर हाम्रो देशको राजनीतिबारे के कुरा गरी साध्यभो र । स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहला वा रहन्छ त्यो धारणा मैले बनाएको छैन । स्रष्टाको काम उसले सकुन्जेल लेख्ने हो । राष्ट्रले केही देला वा राष्ट्रबाट केही पाउँला भनेर लेख्ने हैन ।
तपाईंको साहित्यिक आदर्श के हो ?
मेरो लेखन इमानदारी, मौलिकता मेरो पहिचान, मेरो सिद्धान्त मेरा साहित्यिक आदर्श हुन् ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ? तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट गहुनुहुन्छ ?
लेख्नसम्म हो भने त्यो दायित्व वहन भएको होला । सामाजिक योगदान र परिवर्तनको कुरामा सन्तोष गर्ने ठाउँ देखिन्न । समय गतिशील छ । योसँगै देश, काल र परिस्थिति परिवर्तन भइरहन्छ । यो स्थितिमा म आज मेरा कृतिको विषय, परिवेश, घटना र पात्रसँग सन्तुष्ट छु भने भोलि नहुन सक्छु । तर मेरो लेखन इमानदारी, मेरो मौलिकता र पहिचानसँग भने जहिल्यै गर्छु ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
तुलना कसरी गर्ने ? तुलना गर्न समभाव, समदर्शिता समसोचजस्ता आधारको कमी छ । हिजो लेख्ने साहित्यकारको लागि आजको जस्तो प्रचारप्रसार र प्रकाशनको बजार थिएन । केवल केही पत्रिकामा सीमित हुनुपथ्र्यो तर पनि इमानदारीपूर्वक लेख्थे । आज स्रोत साधन, बजार प्रशस्त छ तर प्रतिष्पर्धा छैन । सिण्डिकेट छ । साहित्यको गुणस्तर छैन । आज थोरै कवि लेखक अलि अब्बल छन् । बाँकी सबै सालाखाला ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्य लेखिसकेपछि अरूको अन्तर्मनलाई छुन सक्नुपर्छ । मस्तिष्क झन्झनाउनुपर्छ । अनिमात्र लेखनको आयु लामो रहन सक्छ र यसले बिस्तारै समाज परविर्तनमा आफ्नो भूमिका स्थापित गर्न सकोस् ।
लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
यो त हरेक लेखकपिच्छे फरक हुन सक्छ । कसैलाई व्यक्ति प्रेरणा हुन सक्ला । कसैलाई प्रेम त कसैलाई बिछोड । कसैलाई गरिबी स्वयं वा आकस्मिक संवेदना । यो फरक÷फरक पाटो हो लेखन प्रेरणाको ।
तपाईको लेख्ने निश्चित समय छ कि ?
त्यस्तो छैन । मुड चलेको बेख्छु रात, बिहान वा आधारात जुनसुकै बेला ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
दिमागमा टिपोटको लागि हो भने जस्तोसुकै वातावरणले पनि फरक पार्दैन । त्यसलाई लेख्न भने निश्चय नै शान्त र एकान्त वातावरण चाहिन्छ ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
योचाहिँ अलि गाहारो छ । कहिलेकाहिँ यो विषय मलाई मनप¥यो यो म लेख्छु भन्दा सकिँदैन । कहिले नसोचेको विषयले हप्तौँ मन खल्बलाइरहन्छ तैपनि लेख्न सकिँदैन । जब कुनै विषयले मन र मस्तिष्कलाई एकैपल्ट छुन्छ र सम्झना वारम्वार आइरहन्छ अनि म लेखनको पृष्ठभूमि तयार गर्छु ।
सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
सबभन्दा पहिले इमानदारी, मौलिकता र आफ्नो पहिचान ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
साहित्यमा संसारमै सबभन्दा बढी लेखिने विधा कविता भए पनि धेरैजसो पाठकले निश्चय नै कथा र उपान्यासमा बढी रुचि राख्छन् ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सृजनामा सजीवतामात्र भद्दा र एकाकी हुन्छ । कल्पनामात्र कोरा कागज हुन्छ । जति लेखे पनि केही नदेखिने नबुझिने । सजीवतालाई रङ्ग भर्ने, सिँगार्ने काम कल्पनाले गर्ने हुनाले यी दुवैमा सन्तुलन हुनु जरुरी छ ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
मैले माथि भनिसकेँ । जब कुनै घटना वा विषयवस्तुले मन मस्तिष्क एकैपल्ट छुन्छ र त्यसलाई पन्छाउन सकिन्न ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
लेखनमा इमानदारीलाई पहिलो प्राथमिकतामा राख्ने । थोरै लेख्ने तर ओजपूर्ण र दिगो लेख्ने । आपूmलाई जहिल्यै आफ्नै प्रतिस्पर्धी सम्झेर लेख्ने ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
यसका दुई कारण हुन सक्छन् । गरिबी र अवसरवाद । एउटामा लेख्ने क्षमता प्रचुर छ तर ऊ भोक टार्न विवश छ भने त्यस्तो अनि अर्को केही लेख्छ तर त्यति दम छैन र पनि दलकै भरमा म ठूलो लेखक बन्छु भन्नेहरूबाहेक अरूले त्यस्तो रहर गर्लान् जस्तो मलाई लाग्दैन ।