Logo

किर्तिमानी पत्रकार भानुभक्त निरौलालाई ‘टान जर्नालिजम अवार्ड’



काठमाण्डौँ, ३० साउन। विश्व किर्तिमानी पत्रकार भानुभक्त निरौला ‘टान जर्नालिजम अवार्ड’बाट सम्मानित भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपालको बार्षिक साधारण सभा तथा अधिबेशनको अवसरमा पत्रकारिताबाट पर्यटन प्रर्वद्धनमा गरेको योगदानको कदर गर्दै पत्रकार निरौला सम्मानित भएका हुन् ।

सोमबार होटल हायतमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र टान अध्यक्ष खुम सुवेदीले पत्रकार निरौलालाई नगद र ताम्रपत्र प्रदान गरे ।
वि।स। २०६४ सालदेखि हिमाली जिल्ला सोलुखुम्बुबाट पत्रकारिता शुरु गरेका पत्रकार निरौलाले जिल्लाबाटै कान्तिपुर पत्रिका र टेलिभिजनमा रिर्पोटिङ गर्छन् ।

हिमाल एफ।एम। ९०।२ मेगाहर्जका प्रबन्ध निर्देशक समेत रहेका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गरेका छन् । उनले पर्यटन पर्वद्धनकै सवालमा विश्वकै लामो रेडियो अन्तरवार्ता लिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्