काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै पार्टी केन्द्रीय कमिटीबाट गठबन्धन गरेर जाने निर्णय गराएका छन् । राप्रपाले गठबन्धन, तालमेल या सहकार्य गर्ने निर्णय लिएको हो ।
आज राप्रपाले चुनावमा विभिन्न दलसँग गठबन्धन तालमेल र सकार्यका लागि पहलकदमीका लागि अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी समेत प्रदान गरेको छ । राप्रपाले चुनावमा सम्पूर्ण शक्ति लगाउने निर्णय समेत लिएको छ ।
राप्रपाले पछिल्लो समय एमालेसँग चुनावी तालमेल गर्नेगरी गतिविधि गरिरहेको छ । अध्यक्ष लिङ्देनले ओलीसँग तालमेल वाध्यता र आवश्यकता दुवै हुनसक्ने प्रतिक्रिया दिइसकेका छन् । यसबाट राप्रपाको तालमेल एमालेसँग हुने सम्भावना बढेको छ ।