Logo

युनियन लाइफको बीमा शुल्क १५ प्रतिशतले वृद्धि, नाफा कति ?



काठमाडौं, साउन ३१ । युनियन लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १५ दशमलव २८ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ६ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ९० दशमलव २३ प्रतिशतले घट्दै १ करोड २७ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड ३ लाख थियो ।

२ अर्ब १५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १ अर्ब ७ करोड रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ४७ दशमलव २० प्रतिशत वृद्धि हुँदै ११ अर्ब २७ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी शून्य रुपैयाँ ५९ पैसा र किताबी मूल्य १५५ रुपैयाँ ८० पैसा छ । गत आर्थिक वर्षमा २ अर्ब ७४ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले ७० लाख २१ हजार भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot