Logo

शेखर पक्षका प्रभावशाली नेताहरुलाई समेत टिकट कठिन



काठमाडौं, ३१ साउन । सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा नेपाली काँग्रेसले ८५ देखि ९० सिट पाउने चर्चा छ । उक्त सिटमा डा. शेखर कोइराला पक्षधरले ४० प्रतिशत मागेको छ । तर, उसले २० देखि २५ प्रतिशत मात्र पाउने सम्भावना देखिदैछ ।

शेखर पक्षधरले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अधिकतम २५ सिट पाउने सम्भावना देखिन्छ । जसमध्ये प्रत्यक्षतर्फ चुनाव जितेका ९ जना छन् । तीमध्ये ७ जना खुलेरै शेखरको पक्षमा छन् । यसबाहेक समानुपातिकतर्फका सांसद देखि पूर्वसांसदहरुको संख्या पनि छ ।

आफ्नो पक्षले पाउने सिट संख्याको अनुमान लगाएका शेखर पक्षका धेरै युवा नेताहरुले टिकट पाउने आश मारिसकेका छन् । कतिपयले प्रदेशबाट प्रतिनिधि सभामा फड्को मार्न खोजेका छन् ।

शेखर पक्षका नयाँ पुस्ताका प्रभावशाली नेताहरुमध्ये गुरुराज घिमिरे, रञ्जीत कर्ण, भूपेन्द्रजङ्ग शाही, मनोजमणि आचार्यलगायतलाई पनि टिकट पाउन मुश्किल छ । घिमिरे र कर्ण प्रदेशको चुनाव लड्ने विकल्पसहित बढेका छन् । शाही कालिकोटबाट पटक पटक चुनाव लडेका मध्ये पर्छन् । उनको चुनावी क्षेत्रमा माओवादीले जितेको थियो । यसकारण गठबन्धनबाट माओवादीकै दाबी रहन्छ ।

काँग्रेसका प्रभावशाली नेताहरुलाई समेत चुनावमा टिकट पाउन कठिन छ । उनीहरु यसकारण पनि विकल्पमा ध्यान दिइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्