Logo

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा शनिबार तीज कार्यक्रम आयोजना



काठमाडौं, १ भदौ । सामाजिक विकास समाज अनामनगर महिला विभागले ४ गते शनिबार तीज कार्यक्रम आयोजना गरेको छ । महिला विभागकी संयोजक रश्मी रैका मगरका अनुसार समाज परिसरमा रहेको मनोरञ्जन पार्कमा तीज कार्यक्रम आयोजना गरिएको हो ।

समाजका हरेक क्षेत्रमा सक्रिय रहँदै आएको महिला विभागले आयोजना गरेको तीज कार्यक्रममा ३ सय बढी महिला तथा अतिथिलाई आमन्त्रण गरेको छ ।

उक्त कार्यक्रममा अतिथिका रुपमा सांसदहरू गणेश प्रसाद दुलाल, मीना ज्ञवाली, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का जनप्रतिनिधिलगायतलाई बोलाउन लागिएको संयोजक रैकाले जानकारी दिइन् । सधैझैं यसपटकको तीज कार्यक्रम पनि भव्य रुपमा मनाउन लागिएको उनको भनाइ छ । त्यसका लागि तीव्र रुपमा तयारी भइरहेको छ ।

रश्मीको नेतृत्वमा सामाजिक विकास समाज अनामनगर महिला विभागले नियमित योग अभ्यास पनि गराउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्