Logo

लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं, भदौ २ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्ज न रचट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एकरदुई स्थानहरूमा मेघगर्जर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्