Logo

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं, भदौ २ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको उहाँका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनले साउन २० गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको बुधबार बसेको बैठकले शीर्षस्थ नेताहरुसँग छलफल गरेर सिट बाँडफाँटमा टुङ्गोलगाउने सहमति जुटेको थियो ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठकमा सिट बाँडफाँडलगायत समसामायिक राजनीतिक विषयमा छलफल भइरहेको जानकारी दिए।

बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलगायतका शीर्षस्थ नेताहरु सहभागी हुनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot