Logo

पार्टीबाटै असहयोग भएको भन्दै युवा नेता रावलद्धारा कांग्रेस परित्याग



भदौ २, काठमाण्डौं । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिएका छन् । बुधाबर एक बिज्ञप्ति जारी गरि रावलले कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार चल्न नसकेको ,बिकासका बिभिन्न मोडल प्रस्तुत गर्दा पनि जिम्मेवार नभएको जस्ता कारण जनताको काम गर्न असमर्थ भएपछि पार्टीमा रहिरहन उचित नलागेकोले राजीनामा दिएको रावलले जानकारी दिए ।

उनले आजकै मितिदेखि बर्दिया क्षेत्र न २को महाधिवेशन प्रतिनिधि, केन्द्रीय खेलकुद तथा युवा बिभागको सदस्यबाट राजीनामा दिएको जनाएका छन् । युवा नेता रावलले बी बी बी अर्थात बेटर एण्ड बिगर बर्दिया अभियान सञ्चालन गरेका थिए । बिकसित, ब्यवस्थित बर्दिया बनाउने अभियानमा सहयोग नपाएको, जनताको समस्या लिएर मन्त्रालय धाँउदा कांग्रेसकै मन्त्रीहरुले वेवास्ता गरेको, बर्दियाका कांग्रेस नेताहरुले पनि असहयोग गरेको जस्ता कारणले आँफू पार्टी छोड्न बाध्य भएको रावलले जानकारी दिए ।

बन्यजन्तु र मानव बिचको अन्तरद्धन्द्ध कम गर्नका लागि प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएको जस्ता कारण पार्टी त्याग्न बाध्य भएको रावलले जानकारी दिएका छन् । बर्दियाकै कतिपय कांग्रेस नेताहरु विनय रावल अघि बढे आँफूू पछि परिन्छ भन्ने सोचेर पनि बालुवाटार देखि सिंहदरवार सम्म निषेध गर्न खोजेकोले बाध्य भएर पार्टीबाट अलग हुनुपरेको रावलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot