काठमाडौं, २ भदौ । नायिका पूजा शर्माले आफू युद्ध बानियाँसँग प्रेममा रहेपनि विवाह कहिले गर्ने भन्नेबारे कुनै निश्चित् नभएको बताएकी छिन् । शर्माले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउनको लागि आफ्नो एक प्रतिशत पनि हात नरहेको जिकिर गरिन् ।
उनले भुवन केसीको नेपाली चलचित्र उद्योगमा ठूलो योगदानमा पुर्याएको दाबी गरिन् । हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भुवन केसी विकास बोर्डको अध्यक्ष हुँदा आफू खुशी भएको सुनाईन् ।
फरक प्रसँगमा उनले नायक पल शाह निर्दोष रहेको दाबी गरिन् । उनले आफूले सुरुवाती दिनदेखि नै पलबारे निर्दोष भनेर भनेको र आज आएर यो कुरा प्रमाणित हुँदै गएको सुनाईन् ।