Logo

पूर्व सभासद डा. महतोद्धारा सिरहा-४ बाट चुनाव लड्ने घोषणा



काठमाडौं, २ भदौ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्व सभासद डा. वीरेन्द्र प्रसाद महतोले चुनावी तयारी थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा महतोले सिरहा क्षेत्र नम्बर ४ बाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार रुद्र कार्कीसँगको कुराकानीमा उनले आफूले सम्पूर्ण तयारी थालिसकेकोले अब सिरहा क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने घोषणा गरे ।

डा. महतो देशकै प्रतिष्ठित व्यवसायीको रुपमा चिनिन्छन् । उनले यसअघि ०७० र ०७४ मा पनि उम्मेद्धवारी दिने तयारी गरेका थिए । तर, विविध कारणले अन्तिममा उनले उम्मेद्धवारी दिएका थिएनन् ।

पछिल्लो समय उनी जिल्लाको विकासमा र जनताका समस्या समाधानमा नै बढि केन्द्रित छन् । अर्थशास्त्रमा विद्यावाधिरी डा. महतो माछापुच्छ्रे बैंकका अध्यक्षसमेत हुन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि अहिले जिल्लाका नेताहरुले डा. महतोलाई नै सिरहा क्षेत्र नम्बर ४ बाट उम्मेद्धवार बनाउनुपर्ने दबाब बढाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्