एजेन्सी, ३ भदौ । बलिउड कलाकारहरु बिपाशा बसु र करण सिंह ग्रोवरले १६ अगस्टमा आफ्नो पहिलो सन्तानबारे जानकारी दिएका थिए । बिपाशा गर्भवती भएको घोषणा भएदेखि नै सामाजिक सञ्जालमा चर्चामा छिन् ।
बिपाशाले बिहेदेखि नै फिल्मबाट टाढै रहेकी छिन्, यस्तो अवस्थामा उनको इन्डस्ट्रीमा कमब्याकको खबर आइरहेको छ । हालै हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा अभिनेत्रीले बेबी प्लानिङका कारण फिल्म उद्योगबाट ब्रेक लिएको बताइन् । तर, बेबी आएपछि उनी फिल्ममा कमब्याक गर्नेछिन् ।
बिपाशाले कोभिडका कारण सन् २०२० मा बच्चा जन्माउने योजना त्यागेको बताइन् । जब अवस्था सामान्य भयो, तब सन् २०२१ मा बच्चाको योजना बनाइयो। अन्ततः सन् २०२२ मा बिपाशाले बच्चा जन्माउन सफल भइन् ।
अभिनेत्री बिपाशाले आफ्नो गर्भावस्थाको बारेमा यो क्षण उनका लागि निकै यादगार रहेको बताइन् । अभिनेत्रीले आमाको सपना थियो, जुन पूरा भएको बताइन् ।
करण सिंह ग्रोवर र बिपाशा सन् २०१५ मा फिल्म ‘अलोन’ को सुटिङका क्रममा एकअर्काको नजिक आएका थिए । १ वर्ष डेटिङ गरेपछि यी जोडीले विवाह गर्ने निर्णय गरेका थिए । विवाहपछि बिपाशाले अहिलेसम्म कुनै पनि नयाँ फिल्म गरेकी छैनन् ।