काठमाडौं, ३ भदौ । नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका युवा नेता विनय रावलले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रावलले बर्दिया २ बाट उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।
उनले नेपालमा राजनीतिक उथलपुथललाई आफूले नजिकबाट नियाँलेको र यो अवधिमा राजनीतिक परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तनको महशुस नभएको गुनासो गरेका छन् ।
उनले लोकतन्त्र मनि, मसल र शक्ति हुनेहरुको मात्र पेवाजस्तै रहेको टिप्पणी गरेका छन् । उनले राजनीतिक परिवर्तन हुँदा केहीको जीवन पद्धती परिवर्तन भभएको तर भुईँमान्छेहरुका भावनाको कहिल्यै कदर नभएको पनि गुनासो पोखेका छन् ।
उनले आफूले अब भुँई मान्छेका आवाज सदनमा बुलन्द बनाउने र त्यसको लागि बर्दिया २ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्-