काठमाडौं, ४ भदौ । नेपाली कांग्रेस बागमती प्रदेश समितिले केन्द्रीय सदस्य तथा बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गर्न आज पशुपतिनाथ मन्दिरमा प्राथना कार्यक्रमको आयोजना गरेको छ ।
समालोचक, साहित्यकार एवं समाजवादका प्रखर व्याख्याता गिरीको स्वास्थ्य लाभको कामना गर्न काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा साँझ ६ बजे प्रार्थना कार्यक्रम आयोजना गरिएको सभापति इन्द्रबहादुर बानियाँले बताए ।
बानियाँले काठमाडौंमा रहेका र सम्भब भएका नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवं कांग्रेसप्रति आस्था राख्ने व्यक्तित्वहरुलाई कार्यक्रममा उपस्थित भइदिन समेत आग्रह गरे ।