Logo

प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा



काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाल मेडिसिटी अस्पताल पुगेकी छिन् ।राष्ट्रपति भण्डारीले आज (शनिबार) ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । गिरिको उपचारमा डा पंकज बर्मन नेतृत्वको टोली खटिएको छ । यसअघि, आज विहानमात्रै गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मेडिसिटी अस्पताल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्