Logo

कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म निर्वाचनलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी भदौ १० गते २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गरिने जानकारी दिए ।

महतका अनुसार उक्त अभियानमा ७७ जिल्लामा पार्टीका प्रतिनिधिहरू खटिने छन् । उनले भने,‘हामीले यो अभियानबारे जनप्रतिनिधिहरूलाई आइतबार एउटा अभिमुखी कार्यक्रमसमेत राखेका छौं । यो अभियानमा विशेष गरेर जनताको बीचमा जाने र जनताको कुरा सुन्ने र आत्मसात गर्ने काम हुन्छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्