काठमाडौं, ४ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले २० जना पदाधिकारी चयन गरेको छ। आज (शनिबार) अपरान्ह पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठले २० जना पदाधिकारी चयन गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिवमा देवप्रसाद गुरुङसहित २० जनाको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बैठकले पारित गरेको प्रवक्ता कृष्णबहादुर महराले जनाए ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन्। यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ।
त्यस्तै, सचिवमा भने दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की चयन भएका छन् । कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम