Logo

अध्यक्ष दाहालद्वारा गिरीप्रति श्रद्धाञ्जलि व्यक्त



काठमाडौँ,५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताएको हो ।

उनले गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

शनिबारमात्रै अध्यक्ष दाहालले उहाँ उपचाररत अस्पताल पुगेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए । नेता गिरीको शनिबार राति निधन भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot