Logo

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा तीज कार्यक्रम सम्पन्न



काठमाडौं, ५ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजको महिला विभागले तीजको भव्य कार्यक्रम गरेको छ ।

बागमती प्रदेश प्रदेश सभा सांसद मीना ज्ञवालीको प्रमुख आथित्यमा तीजको भव्य कार्यक्रम सम्पन्न गरिएको महिला विभागकी संयोजक रश्मी रैका मगरले जानकारी दिइन् । शनिबार आयोजित तीज कार्यक्रममा झन्डै ४ सयको उपस्थित रहेको आयोजक संस्थाको दाबी छ ।

महिला विभागकी संयोजक रश्मी रैका मगरका अनुसार समाज परिसरमा रहेको मनोरञ्जन पार्कमा तीज कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।

समाजका हरेक क्षेत्रमा सक्रिय रहँदै आएको महिला विभागले आयोजना गरेको तीज कार्यक्रममालाई भव्य रुपमा सम्पन्न गर्न समाजका पदाधिकारीले पनि साथ दिएका थिए ।

रश्मीको नेतृत्वमा रहेको महिला विभागले उक्त पार्कमा नियमित योग अभ्यास, जुम्बा पनि गराउँदै आएको छ । तीजको कार्यक्रममा पनि महिला विभागका सदस्यहरुले नाचेर सहभागीलाई मनोरञ्जन गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot