Logo

गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको मेडिसिटीमा भीड (फोटोफिचर)



काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पूर्व राष्ट्रपति डा. रामबरण यादवदेखि गृहमन्त्री बालकृष्ण खाँणसम्म मेडिसिटी अस्पताल पुगेका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे पनि गिरिप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल पुगेका थिए ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरीको अस्पतालमै शनिबार राति ९ः३० बजे निधन भएको थियो । गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन् ।

कांग्रेस नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, दीपकुमार उपाध्याय, केन्द्रीय सदस्य उदयशम्शेर राणा, एन.पी. साउद, सीतादेवी यादवलगायत अस्पताल पुगी गिरिप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । माओवादी केन्द्रका उपमहासचिव एवम् अर्थमन्त्री जनार्दन शर्मा, उपमहासचिव गिरिराजमणि पोखरेल, अर्का उपमहासचिव हरिबोल गजुरेलपनि गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न मेडिसिटी पुगेका थिए ।

स्व गिरीको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको र बिहान ११ः३० बजेदेखि दिउँसो २ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । गिरिको पार्थिव शरिरको आजै अन्त्येष्टि गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot