Logo

प्रचण्डद्वारा प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक तथा बौद्धिक व्यक्तित्व प्रदीप गिरिको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीको लागि गिरिको पार्थिव शरिर यतिवेला कांग्रेस पार्टी कार्यालय, सानेपामा राखिएको छ । यसअघि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गरे । नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु¥याइएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot