Logo

अन्तर्राष्ट्रिय सम्बन्धका युवा विज्ञले नेपाल र वैश्विक व्यवस्थाबारे विमर्श गर्ने



काठमाडौं, ६ भाद्र । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र वैश्विक व्यवस्थाबारे गहिरो विमर्श हुने भएको छ । त्यो पनि ४० वर्ष मुनीका थिंक ट्यांकहरुबाट ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भाद्र १० देखि १२ सम्म देशभित्र र बाहिरका अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुलाई भेला गरेर गहिरो विमर्श गर्न जानकारी गराइयो । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिष्ठानका निर्देशक डा. दीपककुमार अधिकारीले नयाँ पुस्ताका अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरुबाट नेपालले विश्वलाई हेर्ने दृष्टिकोण र विश्वले नेपाललाई हेर्ने दृष्टिकोणबारे विमर्श गर्न लागिएको जानकारी दिए ।

उनले विमर्शमा नेपाल र भारतका गरी झण्डै एक सयको सहभागी हुने र दर्जनौं पेपर प्रस्तुत हुने बताए ।

इन्टरनेशनल रिलेशन्सः नेपाल एन्ड दी वल्र्ड अर्डर विषयक संगोष्ठीका संयोजक डा. विनय मिश्रले विभिन्न सातवटा विषयमा ८ वटा छुट्टाछुट्टै विमर्श हुने जानकारी दिए । विमर्शमा विभिन्न क्षेत्रका जानकारहरु समेत सहभागी हुने बताए ।

प्रतिष्ठानका निर्देशक डा. अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाले १० भाद्रमा संगोष्ठीको उदघाटन गर्ने कार्यक्रम रहेको छ । समापन पूर्वप्रधानमन्त्री प्रचण्डले १२ भाद्रमा गर्ने तय भएको जानकारी दिए ।

विमर्शको निष्कर्ष सम्बन्धित निकायहरुमा सुझावका रुपमा हस्तान्तरण गरिने र प्रकाशन पनि हुने बताए ।



प्रतिक्रिया दिनुहोस्