Logo

हामी आफ्नै चिन्ह लिएर चुनाव लड्छौं : माधव नेपाल



काठमाडौं, ७ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले आफ्नै चिन्ह लिएर चुनाव लड्ने बताएका छन् ।

पछिल्लो समय माओवादी केन्द्रसँग एउटै घोषणापत्र लिएर चुनावमा जाने तयारी भैरहेको बेलामा अध्यक्ष नेपालले यस्तो खुलासा गरेका हुन् ।

आज (मंगलबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्छौं । माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्छ । त्यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको छ।’

उनले आफ्नो पार्टी र माओवादी केन्द्रबीच एकताको लागि छलफल पनि जारी रहेको सुनाए । निर्वाचनअघि एकता असम्भव रहेको पनि उनले स्पष्ट पारे । file photo

 



प्रतिक्रिया दिनुहोस्