Logo

प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट सुविधा



काठमाडौं, भदौ ८ । अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा प्रभु लाईफ इन्स्योरेन्सका ग्राहकहरुले छुटमा परीक्षण सुविधा पाउने भएका छन् ।

सोमबार प्रभु लाइफ इन्स्योरेन्सका डिसिईओ किशोरप्रसाद लामिछाने र अल्फा केयर एण्ड डाइग्नोष्टिककी सिनियर मार्केटिङ एक्जुकेटीभ अस्मिता पराजुलीले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि अल्फा केयरले प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकलाई ‘प्रभु लाइफ प्याकेज टेष्ट’ अन्तर्गत छुटसहितको सेवा प्रदान गर्नेछ । परीक्षणको शुल्क भुक्तानी प्रभु लाइफ इन्स्योरेन्सले गर्नेछ । प्रभु लाइफ प्याकेज टेष्टमा उल्लेख भएका सेवाबाहेक थप जाँच आवश्यक परेमा भने अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

अल्का केयरले परीक्षण रिपोर्ट इमेलमार्फत पठाउने व्यवस्था मिलाएको छ । थप आवश्यक परेमा पनि अल्का केयरले बिरामीलाई फोन र इमेलमार्फत जानकारी दिइने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot